Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना महामारीमा खर्च भएको १० अर्बको विस्तृत खर्च विवरण माग

कोरोना महामारीमा खर्च भएको १० अर्बको विस्तृत खर्च विवरण माग

काठमाडौं, २८ जेठ । सरकारले कोरोना भाइरस महामारी (कोभिड–१९) को रोकथाम, नियन्त्रणका लागि स्वास्थ्य सामग्री, राहत र क्वारेन्टीन तथा उपचारमा गरेको भनिएको १० अर्ब रुपैयाँ खर्चको विस्तृत विवरण माग गरिएको छ ।

संसद्मा नेपाली कांग्रेसका सांसद् तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले इन्कार गर्दागर्दै पनि आरडीटी परिक्षण गरी विदेशबाट आउने मानिसहरुलाई घर पठाएर संक्रमण फैलाएको, मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्पजस्ता क्वारेन्टीनका कारण संक्रमण फैलिएको, स्वाब परिक्षणको नतिजामा ढिलाइले अझै संक्रमण बढाएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारले १० अर्ब रुपैयाँ खर्च गर्दा पनि नागरिकले स्वास्थ्य परिक्षण सुविधा समेत नपाएको भन्दै त्यसको विस्तृत हिसाबकिताब सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीका कारण मुलुकमा जनस्वास्थ्य संकट निम्तिएका बेला सरकार निर्लज्ज रुपमा भ्रष्टाचारमा लिप्त रहेको उनको आरोप छ ।

सरकारले केही दिन अघि अहिलेसम्म कोरोना भाइरसको महामारी नियन्त्रण, उपचार, स्वास्थ्यसामम्री, आवश्यक पूर्वाधार व्यवस्थापन र क्वारेन्टीन तथा अस्पतालमा बसेकाहरुको खानपानका लागि गरेर १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x