Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लकडाउन चरणवद्धरुपमा खोल्ने निर्णय, एसईईमा विद्यालयको आन्तरिक मूल्यांकनलाई मान्यता

लकडाउन चरणवद्धरुपमा खोल्ने निर्णय, एसईईमा विद्यालयको आन्तरिक मूल्यांकनलाई मान्यता

काठमाडौं, २९ जेठ । मन्त्रिपरिषद्को बैठकले असार १ देखि चरणवद्ध रुपमा लकडाउन खोल्ने निर्णय गरेको छ । स्वास्थ्यसम्बन्धि मापदण्ड पुरा गरी पसलहरु सञ्चालन गर्न दिने, जोर बिजोर दिनमा जोर बिजोर प्रणाली अनुसार निजी सवारीसाधन चल्न दिने निर्णय भएको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए । त्यसैगरी सरकारले यस वर्षको एसईई परिक्षा नलिने भएको छ । चैत महिनामा हुनुपर्ने परिक्षा लकडाउनका कारण रोकिएको थियो । नतिजा आउने समय हुनलाग्दासम्म परिक्षा हुन नसकेपछि सरकारले विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा दिने ग्रेडलाई नै मान्यता दिने भएको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत १० बाट अन्तराष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।

लकडाउन थप्दै जेठ ३२ सम्म पुर्याइएपछि व्यवसायीहरु आक्रोशित भएर पसलहरु खोल्न थालिसकेका थिए । यद्यपि सरकारले अर्को चरणमा अर्थात् असार १ देखि लकडाउन खुकुलो गर्दै थप व्यवस्थित बनाउने भएको हो । यससम्बन्धि मन्त्रिपरिषद् बैठकका विस्तृत निर्णय अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले आज सार्वजनिक गर्ने कार्यक्रम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x