Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रतिनिधिसभाबाट तीन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट तीन विधेयक बहुमतले पारित

काठमाडौं, ३२ जेठ । आइतवार बसेको प्रतिनिधिसभा बैठकले तीन विधेयक पारित गरेको छ । सभाले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा सदनसमक्ष सभामुख अग्निप्रसाद सापकोटाले ती विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसअघि नै अर्थमन्त्री डा. युवराज खतिवडाले ती विधेयक पारित गरियोस् भनी अलग अलग प्रस्ताव प्रस्तुत गरेका थिए ।
ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयकमाथि सांसद प्रेम सुवाल र डा. मीनेन्द्र रिजालले राखेको सशोधन प्रस्ताव सभाको बहुमतबाट अस्वीकृत भएको थियो । आर्थिक विधेयकमाथि सांसदद्वय सुवाल र दिव्यराज भण्डारीले सशोधन प्रस्ताव पेश गरेका थिए । राष्ट्र ऋण उठाउने विधेयक–२०७७ का सम्बन्धमा डा. रिजाल र सुवालले संशोधन राखेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x