Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

होम डेलिभरी सेवा विस्तार गर्दै खाद्य व्यवस्था कम्पनी

होम डेलिभरी सेवा विस्तार गर्दै खाद्य व्यवस्था कम्पनी

काठमाडौं, १ असार । लकडानका बेला चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा दिँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सेवा विस्तार गर्ने भएको छ । कम्पनीले अब काठमाडौ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको हो । कम्पनीले लकडाउन अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिन निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताएको राससमा उल्लेख छ ।
शुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरू गरिएकोमा सबै आन्तरिक तयारी पूरा गरेर उपत्यकाभित्र विस्तारको योजना बनाइएको उनको भनाइ छ । चक्रपथभन्दा पाँच किलोमिटर बाहिरसम्म एकदुई दिनभित्र अनलाइन डेलिभरी शुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने बताइएको छ । यसैगरी चक्रपथ बाहिर डेलिभरी शुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजरसमेत अनलाइन विक्रीमा राख्ने तयारी भएको छ ।
लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ । चैत २६ देखि जेठ ३० गतेसम्म चक्रपथभित्रबाट ४१८ अनलाइन अर्डर आएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार अनुसार अनलाइन डेलिभरीवाट रु १३ लाख ४३ हजार ७६५ बराबरको खाद्य पदार्थ बिक्री भएको छ । सोमध्ये २०५ क्विन्टल चामल, दश क्विन्टल कर्णालीको सिमी, ६ क्विन्टल दाल, दुई क्विन्टल केराउ र ३९ लिटर घिउ बिक्री गरिएको छ ।
हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण हुँदै आएको छ । कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले प्रतिव्यक्ति रु दुई हजारदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ । अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा ई–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x