Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट

विवेक नगरी

धनगढी, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ३८ करोड ४८ लाख रुपैयाँकोे बजेट ल्याएको छ । प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ । गत बर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो । प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले सडक निमार्ण आयोजनाका लागि करिब पौने पाँच अर्ब बजेट विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षमा ५ सय २८ किलोमिटर सडक निमार्ण गर्न ४ अर्ब ७२ करोड बजेट विनियोजन गरेको बताए ।
सिँचाइका योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरिएको छ । सोमबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिएका छन् । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब बढी बजेट विनियोजन गरेको छ ।

मन्त्री बोहराले स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको जानकारी दिएका हुन । त्यस्तै आगामी आर्थिक बर्षमा स्वास्थ्य, कृषि र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर बजेट निर्माण भएको मन्त्री बोहराले बताए । उनले कोरना भाईरसको नियन्त्रणका लागि पनि बजेटले विशेष प्राथमिकता दिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x