Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

कनेक्ट आईपीएसको दैनिक कारोबार २ अर्ब नाग्यो

कनेक्ट आईपीएसको दैनिक कारोबार २ अर्ब नाग्यो

काठमाडौं, २ असार । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक २ अर्ब नाघेको छ । गत वर्ष २०७५ वैशाखबाट सञ्चालनमा आएदेखि उक्त रियल—टाइम रिटेल भुक्तानी प्रणालीमा हाल सम्मको सबैभन्दा बढि कारोबार गत जेठ २६ गतेदेखि भएको हो ।

तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आईपीएस ई–पेमेन्टको मासिक कारोबारमा संख्या र मूल्यको आधारमा क्रमशः ७५ प्रतिशत र १८६ प्रतिशतले वृद्धि भएको क्लियरिङ्ग हाउसले जनाएको छ ।

उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमशः १३ अर्ब ८ करोड, २४ अर्ब र ३९ अर्ब करोड रुपैयाँ भएको छ । जसमध्ये ६४ प्रतिशत कारोबार एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेसमार्फत भएको क्लियरिङ्ग हाउसले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x