Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइएमईको “आइएमई घरमै – रू. १ लाख जितौं” योजना असार मसान्तसम्म

आइएमईको “आइएमई घरमै – रू. १ लाख जितौं” योजना असार मसान्तसम्म

काठमाडौं, २ असार । आइएमई लिमिटेडले “आइएमई भरमै–रु. १ लाख जितौं” उपहार योजना गत जेठ ३१ गतेबाट सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरमा नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न उक्त उपहार योजना सार्वजनिक गरेको हो ।

बाहिर निस्किँदा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दे भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत् आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसै गरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असार मसान्तसम्म मात्र सञ्चालन हुने कम्पनीले जनाएको छ ।

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाकारी गराएको छ ।

हाल कम्पनीले ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x