Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

ल्याप्टप र कम्प्युटर किन्नका लागि लक्ष्मी बैंकको सरल कर्जा

ल्याप्टप र कम्प्युटर किन्नका लागि लक्ष्मी बैंकको सरल कर्जा

काठमाडौं, २ असार । लक्ष्मी बैंकले सुपथ व्याजदरमा सरल कर्जा सुविधाको प्रारम्भ गरेको छ । बैंकले ल्याप्टप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरिदका लागि सरल कर्जा उपलब्ध गराउँने भएको हो ।

कोरोना भाइरस रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको र विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन हुने भएकाले त्यस सरलिकरण गर्नका लागि बैंकले सहज कर्जा उपलब्ध गराउँने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १०० प्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाइएको छ ।

यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x