Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चैतको तुलनामा रेमिट्यान्स बढ्न थाल्यो

चैतको तुलनामा रेमिट्यान्स बढ्न थाल्यो

काठमाडौं, २ असार । चालु आवको चैत महिनाको तुलनामा रेमिट्यान्स बढेको छ । चैत महिनामा ३४ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा वैशाखमा ५३ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यद्यपि सामान्य समयमा भित्रने रेमिट्यान्सको तुलनामा यो अझै कम हो । सामान्य अवस्थामा ७९ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रदैं आएको छ । चालुस आर्थिक वर्षको १० महिना अर्थात् वैशाख महिनासम्म कुल ६ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष सोही अवधिका ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ६.१ प्रतिशतले घटेको छ । कोरोना भाइरसको महामारी व्यापक बढेकाले नेपालीका रोजगार गन्तव्यहरुका साथै नेपाल पनि प्रभावित भएको थियो । महामारी नियन्त्रणका लागि लकडाउन कार्यान्वयनका कारण चैत महिनामा रेमिट्यान्स आप्रवाह घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फिति ५ दशमलव ८३ प्रतिशत छ । दश महिनाको औसत मुद्रास्फिति भने ६ दशमलव ४६ प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार १३ प्रतिशतले घटेको छ भने निर्यात ४.५ प्रतिशतले बढेको छ । यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँ बचतमा रहेको छ ।
विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको छ । विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलरमा रहेको छ । यस सञ्चितिले झण्डै ११ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुनेछ । आयात घटेकाले शोधनान्तर बचत र विदेशी विनियम सञ्चिति बढेको छ । संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च ७२५ अर्ब ६१ करोड रुपैयाँ र राजस्व परिचालन ६ खर्ब ६ अर्ब ८२ करोड रुपैयाँ छ । विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.३ प्रतिशत र कर्जाको वृद्धिदर १३.२ प्रतिशत छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x