Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कोरोना भाइरसबाट जीवन बचाउने औषधी भेटियो

कोरोना भाइरसबाट जीवन बचाउने औषधी भेटियो

बीबीसी । कोरोना भाइरसविरुद्ध मृत्युदर कम गर्न डेक्सामेथासोन नामक औषधि प्रभावकारी हुने बेलायतका वैज्ञानिकहरुले बताएका छन् । यो एउटा सस्तो र आम रूपमा पाइने औषधि हो । यो औषधी बेलायतमा संक्रमण शुरु भएलगत्तै प्रयोग गर्न पाएको भए मृत्यु भएकामध्ये ५,०००० भन्दा बढी जीवन जोगाउन सकिने वैज्ञानिकहरुको निष्कर्ष छ ।
कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एक जनाको जीवन जोगाउने देखिएको छ ।
कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो । अनुसन्धानकर्ताहरूले यदी उक्त औषधि सुरू देखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन् । यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च संख्यामा कोभिड–१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्सले यसलाई मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि पुरानो औषधी नै रहेको र यो खासै महँगो नभएको बताएका छन् । यो पुरानो र सस्तो खालको स्टेरोइड हो ।यसबाट संसारभरका मानिसहरूले तत्कालै लाभ पाउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x