Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

विद्युत् महशुल घट्यो

विद्युत् महशुल घट्यो

काठमाडौं, ३ असार । विद्युत् नियमन आयोगले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुले बिजुलीको शुल्क भने तिर्नुपर्दैन । सरकारले यसअघि बजेटमा पनि १० युनिटसम्म उपभोग गर्नेलाई निःशुल्क विद्युत् दिने घोषणा गरिसकेको छ ।
यद्यपि विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो । विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने बताए । यो व्यवस्थासँगै प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ ।
२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ । ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ ।
त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क लाग्नेछ । १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ । २५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल तिनुपर्ने हुन्छ । ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियनिट विजुली महसुल तिर्नुपर्ने छ ।
आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विजुली लाइन लिँदा पनि खपतका आधारममा फरक–फरक द तोकेको छ । आयोगको यो निर्णयसँगै लगभग १० प्रतिशतजति महशुल घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x