Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा ११.१ प्रतिशत बढ्यो

निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा ११.१ प्रतिशत बढ्यो

काठमाडौं, ३ असार । चालू आवको १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रभावित कर्जा ११ दशमलव १ प्रतिशतले बढेको छ । मंगलवार सार्वजनिक चालू आवको १० महिना (वैशाखसम्म)को वित्तीय तथा आर्थिक स्थिति सम्बन्धी नेपाल राष्ट्र बैंकको प्रतिवेदनले यस्तो देखाएको हो । तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७ दशमलव १ प्रतिशत बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १३.२ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको उक्त प्रतिवेदनले देखाएको छ । २०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १२.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.१ प्रतिशत र सेवा क्षेत्रतर्फ १८.५ प्रतिशतले कर्जा बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २५ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १९.२ प्रतिशत, डिमान्ड तथा चालू पँुजी कर्जा ११.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.४ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x