Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पतालमा भवन बनाइदिने

भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पतालमा भवन बनाइदिने

काठमाडौं, ३ असार । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पताल परिसरमा अर्को भवन बनाइदिने भएका छन् । गुरुङले ११ करोड रुपैयाँ लागतमा उक्त भवन बनाइदिन लागेका हुन् ।

भवन १० महिनाभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने योजना रहेको छ । भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् ।

गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x