Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

डिल्लीबजार मालमोतका ६ कर्मचारी घुस लिदै गर्दा अख्तियारको नियन्त्रणमा

डिल्लीबजार मालमोतका ६ कर्मचारी घुस लिदै गर्दा अख्तियारको नियन्त्रणमा

काठमाडौं, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत ६ जना कर्मचारीलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएपछि ८ लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा काठमाडौंको सामाखुसीबाट नियन्त्रणमा लिएको छ।

मालपोत अधिकृत रघुवंश कडेल, नासुहरु उद्धव सापकोटा, नारायण पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले ाजनकारी दिए । उनीहरु माथि थप अनुसन्धान भइरहेको बताइको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x