Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंक अफ काठमाण्डूद्वारा ७ लाख बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूद्वारा ७ लाख बीमा दाबी रकम भुक्तानी

काठमाडौं, ३ असार । बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले ७ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीले उक्त रकम शाखाका खातावाहक स्व.अमिर चौधरीकी श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएको थियो । बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसँगको समन्वयमा बीमा दाबी रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x