Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

लकडाउन अवधिमा ९५ करोडको एफडीआई स्वीकृत

लकडाउन अवधिमा ९५ करोडको एफडीआई स्वीकृत

काठमाडौं, ४ असार । लकडाउनका कारण नेपाली आर्थिक, व्यावसायिक एवं औद्योगिक क्षेत्र प्रभावित भइरहँदा यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउने क्रम भने रोकिएको छैन । लकडाउन शुरू भएयता हालसम्मको अवधिमा देशको उद्योग क्षेत्रमा रू. ९५ करोडभन्दा बढीको एफडीआई स्वीकृत भएको उद्योग विभागले बताएको छ ।
सो अवधिमा चीन, भारत, मलेशिया, सिंगापुर र नेदरल्याण्डबाट ९५ करोड २० लाख रुपैयाँको एफडीआई भित्रिएको हो । यी मुलुकले १२ वटा उद्योग स्थापनाका लागि उक्त लगानी स्वीकृत गराएको विभागले बताएको छ ।
१२ वटामध्ये बढी सेवा क्षेत्रका ८ वटा उद्योग स्थापना गर्न ७५ करोड २० लाखको प्रतिबद्धता आएको छ । यस्तै पर्यटन उद्योगमा तीन वटा उद्योग स्थापना गर्न १५ करोड र सूचना प्रविधिमा एउटा उद्योग स्थापना गर्ने ५ करोड लगानी प्रतिबद्धता गरिएको छ । सम्बन्धित मुलुकका लगानीकर्ताले काठमाडौं, भक्तपुर, ललितपुर र सुनसरीलाई उद्योग स्थापनाको स्थान छनोट गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x