Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन गरिँदै

लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन गरिँदै

काठमाडौं, ७ असार । नापी विभागले भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित नवीनतम लाइडर प्रविधि अवलम्बन गरी भौगोलिक सूचना उत्पादनका प्रारम्भिक चरणका काम प्रारम्भ गरेको छ । विभागका अनुसार बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप घटाउन तथा पूर्वानुमानका साथै विकास–निर्माणका गतिविधि सञ्चालन गर्न अति उपयोगी हुने भौगोलिक सूचना उत्पादन नेपालको पूर्वी दक्षिण भूभागबाट थालिएको छ ।
पहिलो चरणमा चितवनदेखि कञ्चनपुरसम्मको क्षेत्रलाई समेटेर काम थालिएको विभागले बताएको छ । जापान सरकारको रू. १ अर्ब ३२ करोड अनुदान सहयोगमा आगामी तीन वर्षभित्र भौगोलिक सूचना उत्पादनसम्बन्धी काम पूरा गर्ने लक्ष्यका साथ विभागले डेभलपमेन्ट अफ डिजिटल एलिभेशन एन्ड अर्थोफोटो परियोजना अघि बढाएको राससमा उल्लेख छ ।
भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित सो प्रविधिको प्रयोगबाट अग्रिम सूचना प्रणाली स्थापना भई प्राकृतिक प्रकोप रोकथाममा सहयोग पुग्नेछ । नेपालले लाइडर प्रविधिको प्रयोग पहिलोपटक गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x