Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौं जिल्ला प्रशासनको गेट बन्द सेवा, बाहिर सर्वसाधारण भद्रगोल, न निवेदनको ढाँचा न सामाजिक दुरी

काठमाडौं जिल्ला प्रशासनको गेट बन्द सेवा, बाहिर सर्वसाधारण भद्रगोल, न निवेदनको ढाँचा न सामाजिक दुरी

बलराम बुढाथोकी

काठमाडौं, ७ असार । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गेट बन्द गरेर सेवा दिइरहेको छ । प्रशासनले गेट बन्द गरेर सेवा दिँदा गेट बाहिर सर्वसाधारणको घुईंचो लागेको छ।

कोरोना भाइरसको संक्रमण फैलने डरले अहिले विभिन्न कर्यालयहरुले सामाजिक दुरी कायम गराएर सेवा दिँदै आएका छन् । तर, संघीय राजधानीको जिल्ला प्रशासन कार्यालयमा भने न सामाजिक दुरी कायम गरिएको छ, न त सेवाग्राहीका लागि सोधपुछ कक्ष नै राखिएको छ। यसरी सेवा दिँदा सेवाग्राहीमा अन्योलता र कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढेको छ ।

कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा अत्यावश्यक काम परेकाहरुभन्दा केही समयपछि काम गर्दा पनि केही नबिग्रनेहरुले गर्दा भिडभाड बढेको सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल बताउँछन् । ‘अत्यावश्यक काम पर्नेहरुभन्दा पछि काम गर्दा हुँनेहरु बढी आउँने गरेकाले भिड बढेको हो ।’ उनले भने, ‘जस्तो कि पासफोटो अहिले नै बनाउँनु पर्ने आवश्यकता छैन् । तर, उहाँहरु पनि सेवा लिन आइरहनु भएको छ । त्यसले भिड बढाएको हो ।’

काठमाडौंबाट बाहिरी जिल्ला जानका लागि गृह मन्त्रालयले गत जेठ ३० गतेदेखि सवारी पास जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य लिनु पर्ने व्यवस्था गरेको छ । मन्त्रालयको त्यस आदेशअनुसार जिल्ला प्रशानन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाबाट बाहिर जानको लागि अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजातसहित निवेदन दिनु पर्ने सूचना जेठ ३२ गते जारी गर्यो ।

सेवाग्राहीलाई गेट बाहिर राखेर आवश्यक सहजीकरणका लागि व्यवस्थापन गरेको पाईंदैन् । सवारी पासका लागि कस्तो निवेदन लेख्ने भनेर सबैलाई थाहा हुँदैन् । प्रशासनले सेवाग्राहीका लागि निवेदनको ढाँचासमेत व्यवस्था गरेको छैन् । यसले गर्दा सर्वसाधारण कसरी सवारी पास प्राप्त गर्न सकिन्छ भनेर अन्योलमा परेका छन् । प्रशासनलाई बुझाउँनु पर्ने निवेदन आफैले लेख्नु पर्ने हुन्छ । त्यो निवेदन गेटमा बसेका सुरक्षाकर्मीहरुलाई बुझाउँनु पर्छ । त्यसरी निवेदन दिँदा केही पनि प्रतिक्रिया आउँदैन् । पासको लागि घण्टौं कुरेर बस्नु पर्ने हुन्छ । सोधखोज गर्न खोज्यो भने सम्बन्धित कर्मचारी नभएपछि सुरक्षाकर्मीले उल्टै हकार्ने गरेका छन् । दुलाल भन्छन्, ‘सवारी पासका लागि कुनै पनि ढाँचाको आवश्यकता पर्दैन् । निवेदकले आफैले कारण खुलाएर निवेदन दिनु पर्ने हुन्छ ।’

त्यस्तै कोरोनाको जोखिम कम गर्न प्रशासनको गेट बन्द गरेर सेवा दिनु परेको सहायक प्रमुख जिल्ला अधिकारी दुलाल बताउँछन् । गेट खुल्ला गरे सेवाग्राहीले भिडभाड गरेर कर्मचारीलाई संक्रमण फैलन सक्ने भएकोले यसरी सेवा दिनु परेको उनको भनाई छ ।

सर्वसाधारणले सामान्य एउटा पास लिनका लागि दिन नै मायाँ मार्नुपर्ने हुन्छ । कतिपय सर्वसाधारण त आवश्यक प्रक्रिया थाहा नपाएर त्यत्तिकै फर्कनु पर्ने बाध्यता पनि छ । प्रशासनले आवश्यक सहजीकरण नगरिदिँदा एउटा गाडिमा कतिजनासम्म राख्न पाईन्छ भनेर पनि थाहाँ हुँदैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x