Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विश्व अर्थतन्त्र यस वर्ष ४ दशमलव ९ प्रतिशत खुम्चने

विश्व अर्थतन्त्र यस वर्ष ४ दशमलव ९ प्रतिशत खुम्चने

न्यूयोर्क, १२ असार । यस वर्ष विश्व अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतमा खुम्चने अन्तर्राष्ट्रिय मुद्रा आइएमएफ (आईएमएफ)ले प्रक्षेपण गरेको छ । विश्वको आर्थिक वृद्धिदरमा यस वर्ष र आगामी वर्ष आउने भनिएको ह्रास अनुमानित भन्दा थप खराब हुने आईएमएफले बताएको हो । उसका अनुसार सन् २०२१ मा भने विश्व अर्थतन्त्र ५ दशमलव ४ प्रतिशत बढ्नेछ । यसअघि गरिएको प्रक्षेपणमा यो दर ५ दशमलव ८ प्रतिशत थियो ।
सन् २०२० मा बेलायती अर्थतन्त्र १० प्रतिशतभन्दा धेरै ह्रास आउने आइएमएफको भनाइ छ । यो अहिलेसम्मकै तीव्र संकुचनमध्ये एक भए तापनि इटाली, फ्रान्स र स्पेनको जति भने होइन । सन् २०२१ मा भने अर्थतन्त्रमा आंशिक सुधार आउने आशा गरिएको छ ।
कोरोना भाइरसको संकटले उत्पन्न आर्थिक मन्दी विश्वव्यापी र छुट्टाछुट्टै देशको स्तरमा आइएमएफले यसअघि प्रक्षेपण गरेकोभन्दा गम्भीर हुन सक्ने उल्लेख गरेको छ । यसअघि अप्रिलमा गरेको प्रक्षेपणमा भने विश्व अर्थतन्त्र यस वर्ष ३ प्रतिशतले ओरालो लाग्ने आइएमएफले बताएको थियो ।
आइएमएफका अनुसार यस वर्ष अमेरिकी अर्थतन्त्र ८ प्रतिशत खुम्चने छ । अप्रिलमा गरिएको प्रक्षेपणमा भने यो दर ५ दशमलव ९ प्रतिशत बताइएको थियो । आइएमएफले यूरोजोनको वृद्धि प्रक्षेपण पनि घटाएको छ । पछिल्लो प्रक्षेपण अनुसार सन् २०२० मा यूरो अर्थतन्त्र १० दशमलव २ प्रतिशतले खुम्चने छ । ब्राजिल, मेक्सिको र दक्षिण अफ्रिका पनि क्रमशः ९ दशमलव १ प्रतिशत १० दशमलव ५ प्रतिशत र ८ प्रतिशतले खुम्चनेछ । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x