Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सरकारले अनुमति दिएका एप्स मात्र डाउनलोड हुने व्यवस्था गर्न निर्देशन

सरकारले अनुमति दिएका एप्स मात्र डाउनलोड हुने व्यवस्था गर्न निर्देशन

काठमाडौं, १४ असार । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले एप्लिकेसनहरुको प्रयोगमा समेत कटौती गर्न मिल्ने गरी सरकारलाई निर्देशन दिएको छ । समितिले नेपालमा प्रयोग गर्न मिल्ने एप्सको सूचीकरण गरी त्यस्ता एप्समात्र नेपालमा डाउनलोड गरि प्रयोग गर्न मिल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

गत साता नेपाल पर्यटन बोर्डले आयोजना गरेको पर्यटन मन्त्री प्रमुख अतिथि रहेका जुम वेविनारमा पोर्न भिडियो प्रसारण भएपछि संसदीय समिति पनि अग्रसर देखिएको छ । समितिले सरकारी वेभसाइटहरुको डोमेन सरकारी संयन्त्रमै रहनुपर्ने, इमेल प्रयोग गर्दा आधिकारिक इमेल प्रयोग गर्न तथा एप्सहरु स्क्रिनिङ गरेर मात्र डाउनलोड हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सूचना प्रविधि मामिला जानकार साइबर कानुनविद् बाबुराम अर्यालले सरकारी काममा के कस्ता एप्सहरुको प्रयोग गर्ने भन्ने सम्बन्धमा स्क्रिनिङ गरे पनि आम जनतालाई कुन एप्स प्रयोग गर्न दिने या नदिने भन्ने सम्बन्धमा सरकारले नियन्त्रण गर्ने या संसदीय समितिले त्यसमा निर्देशन दिन नसक्ने बताए । कुनै पनि एप्लिकेसन प्रयोग गर्दा त्यसको सुरक्षा फिचर्स तथा त्यसलाई प्रयोग गर्ने तरिका राम्ररी सिकेरमात्र प्रयोग गर्न सके आधिकारिक एप्सहरुको प्रयोगमा समस्या नआउने उनको भनाइ छ । जुम मिटिङमा सहभागीलाई प्रवेश दिदाँ नाम नचिनिएको सहभागीलाई समेत मिटिङमा प्रवेश दिदाँ समस्या आएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x