Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सोमबारदेखि शेयर बजार खोल्न बोर्डको निर्देशन

सोमबारदेखि शेयर बजार खोल्न बोर्डको निर्देशन

काठमाडौं, १४ असार । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई शेयर बजार खोल्न निर्देशन दिएको छ । लामो समयदेखि बन्द रहेको शेयर बजार असार १५ गते (भोली)देखि खोल्न बोर्डले निर्देशन दिएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाका अनुसार आइतबार बसेको बोर्ड बैठकले सोमबारबाट बजार खोल्ने निर्णय गरेको हो । त्यस्तै लगानीकर्ताले भने बमोजिम बोर्डले केही सुधार गरेको जनाएको छ । लगानीकर्ताहरुले राखेका केही मागहरु प्रक्रियामा अघि बढेको ढुङ्गानाले बताए।

गत चैत ११ गतेबाट जारी लकडाउनसँगै बन्द रहेको शेयर बजार लकडाउनकै बिच २ दिन खुलेको थियो । लकडाउनका कारण लगानीकर्तालाई असहज भएको र शेयर कारोबारमा नकारात्मक सर्किट लागेकाले बजार बन्द गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x