Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न होल्डिङ सेन्टरमा खानेपानी वितरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न होल्डिङ सेन्टरमा खानेपानी वितरण

काठमाडौं, १४ असार । राष्ट्रिय वाणिज्य बैंकले सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको अवस्थामा बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ सेन्टरहरुमा सात दिनका लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको जानकारी बैंकले दिएको छ । उक्त अवसरममा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउदै आबश्यक पर्ने खानेपानी हस्तान्तरण गरेकी छिन् ।
हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x