Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

श्वेता श्री फाउण्डेशनलाई सन्राइज बैंकको रू. ५ लाख सहयोग

श्वेता श्री फाउण्डेशनलाई सन्राइज बैंकको रू. ५ लाख सहयोग

काठमाडौं, १९ असार । सन्राइज बैंकले सिन्धुपाल्चोकको भूकम्प पीडित माझीहरूलाई एककिृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउंडेशनलाई रू. ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी संस्थालाई सो सहयोग गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउण्डेशनलाई चेक हस्तान्तरण गर्दै सो संस्थाले गरेको कामको प्रशंसा गरे । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड १९ को अहिले कठिन घडीमा पनि यस्ता कार्य गर्दै आएको उनले बताए । नायिका श्वेता खड्काले फाउण्डेशनलाई बैंकले गरेको उक्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेकी थिइन् ।
सो फाउण्डेशनले स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x