Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सोमवारदेखि सञ्चालनमा आउँदै रसुवागढी नाका

सोमवारदेखि सञ्चालनमा आउँदै रसुवागढी नाका

काठमाडौं, २० असार । ५ महिनादेखि ठप्प रसुवागढी नाका आउँदो सोमवारदेखि सञ्चालनमा ल्याउने भएको छ । चीनतर्फ रोकिएका नेपाली व्यवसायीका सामान बिहीवारदेखि नै लोड भइरहेकाले सोमवारदेखि नाका सञ्चालन हुने चिनियाँ पक्षले बताएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । उक्त भन्सार नाका खुलाउनेबारे गत हप्ता नेपाल र चीनका भन्सार अधिकारीहरूबीच सहमति भएको थियो । उक्त सहमति अनुसार आयातित वस्तुवस्तु नाकासम्म चिनियाँ पक्षले नै ल्याइदिने भएको छ ।
चिनियाँ पक्ष केही शर्तसहित नाका खुलाउन सहमत भएको हो, जसअनुसार अर्को निर्णय नभएसम्मका लागि नाकाबाट मानिसको आवतजावतमा रोक लगाइएको छ भने चीनबाट सामान ल्याउन नाकासम्म पुग्ने चालक र सहयोगीको कोरोना परीक्षण नेगेटिभ आएको हुनुपर्नेछ । सोही अनुसार नेपालले १५÷१५ जना चालक र सहयोगीको व्यवस्था गरिसकेको छ । उनीहरूको नियमित स्वास्थ्य परीक्षण समेत हुनेछ ।
नाका सञ्चालनमा आएपछि आयाति सामग्री मितेरी पुलसम्म चिनियाँ पक्षले नै ल्याइदिनेछन् । परीक्षणका रूपमा शुरूमा चिनियाँ चारवटा ट्रकले सामग्री ल्याउने भएका छन् । चीनसँग सञ्चालनमा रहेका दुई नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने नियमित आयात निर्यात भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x