Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६०% सम्पन्न

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६०% सम्पन्न

कास्की, २१ असार । राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । आयोजना सम्पन्न हुन अब १ वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो । रू. २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले २०७४ असारदेखि विमानस्थलको काम शुरू गरेकामा हालसम्म २ हजार ५०० मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको बताइएको छ ।
त्यसैगरी भवन, ह्याङ्गर, पार्किङ, सडक, नालालगायत आयोजनाको हालसम्म समग्रमा ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताएको राससमा उल्लेख छ । उनका अनुसार टर्मिनल भवनलगायत भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, भवनमा आल्मुनियम प्लेट, टायल राख्ने, सीसा हाल्नेलगायतका काम अहिले जारी छ ।
गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक १०० नेपाली र २५० चिनियाँले लकडाउनमा समेतमा काम गरिरहेका छन् । यसअघि सो आयोजनामा ५०० मजदुरले काम गर्दथे । अङ्ग्रेजी नयाँ वर्ष मनाउन घर गएका कतिपय चिनियाँ कामदार कोरोनाका कारणले काममा फर्कन नपाउँदा आयोजनाको काम छ महिना आंशिक प्रभावित भएको बताइन्छ । तोकिएको मितिभन्दा छ महिनाअघि आयोजना सम्पन्न गरी परीक्षण उडान शुरु गर्ने लक्ष्य राखिएको थियो । सिभिलतर्फका अधिकांश काम सम्पन्न भएकाले तोकिएको मितिमा आयोजनाको काम पूरा हुने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x