Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कैलालीमा दैनिक एक करोड खर्च, आधा भन्दा बढि विकास बजेट फ्रिज हुने सम्भावना

कैलालीमा दैनिक एक करोड खर्च, आधा भन्दा बढि विकास बजेट फ्रिज हुने सम्भावना

कैलाली, २१ असार । कैलालीमा चालु आर्थिक वर्षमा आधा भन्दा बढि विकास बजेट फ्रिज हुने सम्भावना देखिएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा दिन पाईने समय सकिन एक साता मात्रै बाँकी रहेका बेला जिल्लामा पुँजिगत अर्थात विकास बजेट ४१ प्रतिशत मात्रै खर्च भएपछि आधा भन्दा बढि बजेट फ्रिज जाने देखिएको हो।

चालु आर्थिक वर्षका दुई चौमासिक फुर्सदमै बिताएका विकासे अड्डाहरुको असार मसान्तमा आएर खर्च प्रगती भने बढेको छ। हाल सम्म कुल विकास बजेटको ४१ प्रतिशत मात्रै खर्च भएको छ। कैलालीमा नौ अर्ब २३ करोड विकास बजेट रहेकोमा तीन अर्ब ५६ करोड मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख लक्ष्मीराज जोशीले बताए।

कैलालीका विकासे अड्डाहरुले यस वर्ष कोरोना प्रभावका कारण जारी लकडाउनले गर्दा समयमा काम गर्न नसकेको दावी गर्दै आएका छन्। तर चालु वर्षको अन्तिम चौमासिक अर्थात चैत यता मात्रै कोरोनाले प्रभाव पारेपनि त्यस अगाडी भने विकास बजेट खर्च गर्न कुनै समस्या थिएन्। गत वर्ष झण्डै ७५ प्रतिशत विकास बजेट खर्च गरेका कार्यालयहरुलाई यस वर्ष भने ५० प्रतिशत बजेट खर्च गर्न पनि मुस्कील भईरहेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जोशीले बताए। चालु आर्थीक वर्षका ६ दिनमा दैनिक ९० करोड भन्दा बढी बजेट खर्च गर्नुपर्ने जिम्मेवारी विकासे अड्डाहरुसँग छ।

जिल्लामा सञ्चालित ठुला विकास निर्माणका योजनाहरुको प्रगती पनि निराशाजनक छ। प्रधानमन्त्री कृषि कार्यक्रमको मात्रै शत प्रतिशत बजेट खर्च भएको छ। तर रानी जमरा कुलरिया सिचाई आयोजनाको ४६, कृषि तर्फको रानी जमरा सिचाई आयोजनाको ५७, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको २३, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास आयोजनाको ४३, मोहनापुल अत्तरिया ले सडकको ६१ प्रतिशत बजेट भएको छ भने सबै भन्दा कम क्षेत्रिय आयोजना कार्यान्वयन ईकाइको ४ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

यता नियमित रुपमा खर्च भईरहेको चालु तर्फको बजेटको वित्तिय प्रगती भने ९२ प्रतिशत भन्दा बढी पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x