बैंक अफ काठमाण्डूले दियो निक्षेप ग्राहकलाई बीमा दाबी भुक्तानी
काठमाडौं, २१ असार । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँ सम्मको बीमा सुबिधा उपलब्ध गराउदै आईरहेको छ । बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तका लागि पाँच लाख, १८ घातक रोगहरुको लागि पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुबिधा रहेको छ ।
यस खातामा रहेका सुबिधाहरुको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइएकी थिइन । उनले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन । बैंकले उनलाई औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी गरेको जनाएको छ । बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्रेष्ठलाई हस्तान्तरण गरे ।
बैंकले यो सेवाका लागि सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै आएको छ।