Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पानी पठाएर मेलम्ची आयोजनाको मुख्य सुरुङ परीक्षण

पानी पठाएर मेलम्ची आयोजनाको मुख्य सुरुङ परीक्षण

काठमाडौं, २१ असार । मेलम्ची खानेपानी आयोजनाले पानी पठाएर मुख्य सुरुङको परीक्षण गरेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आइतवार बिहान स्वीच थिचेर पानी सुरुङमा पठाएका हुन् । ढकालका अनुसार सुरुङको परीक्षणका लागि पानी पठाइएको हो ।

आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीले जानकारी दिए । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुईवटा ट्याङ्की निर्माण सम्पन्न भएका कारण पानी हालेर परीक्षण गरिए बताइएको छ । पानी पठाएपछि सुरुङभित्र कहिँ समस्या छ कि छैन भन्ने थाहा हुने भएकाले परीक्षण गरिएको आयोजनाले बताएको छ । केही समस्या भए तत्कालै हल गरिने र निर्धारित समयमै काठमाडौंमा पानी पु¥याउने योजनामा आपूmहरु रहेको खत्रीले बताए ।
सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको थियो । मेलम्चीबाट काठमाडौंको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x