Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निर्यातको एक तिहाइ हिस्सा पाम तेल र भटमासको तेलमा निर्भर

निर्यातको एक तिहाइ हिस्सा पाम तेल र भटमासको तेलमा निर्भर

काठमाडौं, २१ असार । चालू आर्थिक वर्षको ११ महिनामा नेपालबाट रू. ८८ अर्ब बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको यसै अवधिमा रू. ८७ अर्ब ८३ करोड बराबरको वस्तु निकासी भएको थियो ।
गत आवको तुलनामा निर्यात केही बढी देखिए पनि यसमा धेरै उत्साहित हुनुपर्ने अवस्था भने छैन । किनकि नेपालको निर्यात वृद्धिमा पाम आयल र भटमासको तेलको हिस्सा करीब एक तिहाइ छ, जुन नेपाली उत्पादन नभएर बाहिरबाट आयात गरी प्रशोधन गरेर निर्यात गरिएको वस्तु हो ।
चालू आवको प्रथम ११ महिना अवधिको निर्यात नै हेर्ने हो भने कुल निर्यातको ३२ प्रतिशत हिस्सा भटमास तेल र पाम तेलले ओगटेको देखिन्छ । भन्सार विभागका अनुसार उक्त अवधिमा पाम तेल १८ अर्ब रुपैयाँ (२० दशमलव ८२ प्रतिशत) बराबरको पाम तेल र १० अर्ब रुपैयाँ (११ दशमलव ५१ प्रतिशत) बराबरको भटमासको तेल निर्यात भएको छ । सो अवधिमा अन्य वस्तु भने ६० अर्ब रुपैयाँ (६७ दशमलव ६८ प्रतिशत) बराबरको भएको छ ।
समग्रमा नेपालको निर्यात यी दुई वस्तु केन्द्रित हुँदै गएको छ, जसको निर्यात दिगो प्रवृत्तिको होइन । किनकि भारतले बेला बेला गर्ने सानो नीतिगत परिवर्तनले पनि यस्ता वस्तुको निर्यात प्रभावित हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x