Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई योजनाको भरपुर फाइदा लिन अनुरोध

एनआईसी एशिया बैंकद्वारा  ग्राहकलाई योजनाको भरपुर फाइदा लिन अनुरोध

काठमाडौं, २४ असार । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको असार मसान्तसम्म कर्जाको सावाँ तथा व्याजको बक्यौता तिर्ने ग्राहकलाई आगामी साउन १ गतेबाट लागु हुने गरी कर्जाको व्याज ९.९९ प्रतिशत कायम गर्ने योजना पहिल्यै सार्वजनिक गरेको छ । उक्त योजनामा हालसम्म पनि आवद्ध नभएका ग्राहकलाई बैंकले ८ दिन समय रहेकोमा भरपुुर फाइदा लिन अनुरोध गरेको छ ।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै ग्राहकलाई २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरी २०७७ साउन १ देखि लागू हुने गरी कर्जाको ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम हुने जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा गत बैशाख १६ गते कोरोना भाइरसको जोखिमबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न निर्देशन दिएको थियो ।

हाल बैंकले ३२६ शाखा कार्यालय, ४६४ एटीएम, १०१ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएके छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x