Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

असारयता ६३ अर्ब राजस्व उठ्यो

असारयता ६३ अर्ब राजस्व उठ्यो

काठमाडौं, २४ असार । असार महिनायता सरकारले ६३ अर्ब रुपैयाँ राजस्व संकलत गरेको छ । असार १ देखि ३२ गतेसम्म ६३ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । असार १ सम्म ६ खर्ब ४९ अर्ब रुपैंयाँ राजस्व संकलन भएकोमा त्यसयता मंगलबारसम्म ७ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।

असार महिनामा राजस्व संकलन केही सुधार भएपनि चैत, वैशाख र जेठमा सरकारको खर्च दायित्व पूर्ति गर्ने गरी राजस्व उठेन । दैनिक सवा दुई अर्ब रुपैयाँ राजस्व संकलन हुँदै आएकोमा लकडाउन अवधिमा ५४ करोड दैनिक राजस्व संकलन हुन थालेपछि सरकारलाई खर्च धान्न समस्या भएको हो । सरकारले चैतको कर असार पहिलो साता कर दाखिला गरिसक्न करदातालाई आग्रह गरेको थियो । यद्यपि असार मसान्तमा बुझाउनुपर्ने करले सरकारको राजस्व केही बढ्ने भएपनि पुरानो भुक्तानी समेत दिनुपर्दा सरकारको खर्च दायित्व समेत वृद्धि हुन्छ । यसले गर्दा सरकारलाई आम्दानी र खर्चको सन्तुलन मिलाउन कठिन देखिन्छ ।

सरकारले अहिलेसम्म कुल वार्षिक लक्ष्यको ६६ प्रतिशत राजस्व उठाएको छ । कुल बजेटमध्ये झण्डै ६४ प्रतिशत खर्च गरेको हो । सरकारले पुँजीगत बजेट ३५.४५ र चालु बजेट ७७.५२ प्रतिशत खर्च गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x