Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

फिल्डमै समस्या छ, तीन तहका सरकारबीच समन्वय गर्नुपर्ने देखियो : मुख्यसचिव अर्याल

फिल्डमै समस्या छ, तीन तहका सरकारबीच समन्वय गर्नुपर्ने देखियो : मुख्यसचिव अर्याल

काठमाडौं, १७ असार। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका छन् ।मंगलबार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका हुन् । उक्त निकायहरुमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिए ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले अनुगमनका क्रममा सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताए । ‘अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो । अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौं,’ मुख्यसचिव अर्यालले भने ।

मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वयता नहुँदा पनि कतिपय सेवाप्रवाहमा कठिनाइ भएको र नागरिकले दुख पाएको उनले बताए । ‘यसलाई इन्ट्रिग्रेटेड गरेर सबैलाई व्यवस्थीत गर्दैछौं । अहिले केके समस्या रहेछन्, केके सुधार्नु पर्ने रहेछ,’ उनले भने, ‘अहिले डेलिभरि कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो । अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो ।’

उनका अनुसार तीन तहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *