Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक १०.१३ अंक घट्यो, कारोबार १ अर्बभन्दा माथि

नेप्से परिसूचक १०.१३ अंक घट्यो, कारोबार १ अर्बभन्दा माथि

काठमाडौं, २४ असार । साताको चौथो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । हिजो ३७.९३ अंकले बढेको परिसूचक आज १०.१३ अंकले घटेर १३२६.५३ विन्दुमा रोकिएको छ ।

त्यस्तै परिसूचकमा गिरावट आएपनि १ अर्ब ७ करोड ८४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १७९ कम्पनीलको २९ लाख ७७ हाजर ७०६ कित्ता शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो संस्थाको प्रतिशेयर मूल्यमा ७२ रुपैयाँ वृद्धि भई ८०१ रुपैयाँ कायम भएको छ । सर्वाधिक शेयरमूल्य गिरावट आउनेमा तारागाउँ रेजेन्सी होटल लिमिटेड छ । उक्त होटलको प्रतिशेयर मूल्यमा १५ रुपैयाँ गिरावट आई २०० रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये उद्योग र म्यूचुअल फण्ड समूहको परिसूचकमा वृद्धि भएको छ भने १० वटा समूहको परिसूचकमा गिरावट आएको छ । उद्योग समूहको परिसूचकमा १.७७ प्रतिशत र म्यूचुअल फण्डको परिसूचकमा १.०५ प्रतिशतले वृद्धि भएको हो । आज सर्वाधिक परिसूचक गिरावट होटल समूहको भएको छ । होटल समूहकोे परिसूचक २.७२ प्रतिशतले कमी आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x