Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

नबिल बैंक र हुवावे टेक्नोलोजिज्बीच रणनीतिक साझेदार

नबिल बैंक र हुवावे टेक्नोलोजिज्बीच रणनीतिक साझेदार

काठमाडौं, २४ असार । नबिल बैंकले हुवावे टेक्नोलोजिज्सँग रणनीतिक साझेदारी गर्न सम्झौता गरेको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हस्ताक्षर गरेका छन्।

हस्ताक्षरपछि शाहले हुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साहित भएको बताए। रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित “लिडिङ डिजिटल बैंक” बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने उनले बताए।

हुवावे टेक्नलोजीज्ले विश्वका सयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा सहभागी भई सँगालेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील बनाउने शाहले बताए ।

कार्यक्रमा हुवावेका चुगेनले क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकलाई सशक्त बनाइने जनकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *