Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पशुपतिमा महाशिवरात्रिको तयारी तीब्र, १२ लाखले दर्शन गर्ने अनुमान

पशुपतिमा महाशिवरात्रिको तयारी तीब्र, १२ लाखले दर्शन गर्ने अनुमान

युवराज पन्त

काठमाडौं, २६ माघ । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ क्षेत्रमा तयारी तीब्र पारिएको छ । शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आठ वटा उप–समितिहरु गठन गरि काम गरिरहेको जनाएको छ ।
आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा लगायतका आठ उपसमिति गठन गरिएको कोषको प्रचार– प्रसार उपसमितिका सचिव राजेन्द्र धर राजोपाध्यायले जानकारी दिए ।

पशुपति क्षेत्रलाई सजावटको कार्य अन्तिम चरणमा पुगेको उनले बताए । अहिले वाग्मति नदिको सरसफाई, मन्दिर परिसरमा रङ्गरोगनको काम भइरहेको छ । सो दिन दर्शनार्थीका लागि तीनवटा मार्ग तय गरिएको छ । जसमा चावहिल –जयवागेश्वरी–भूवनेश्वरी हुदैं उत्तर मार्ग, गौसाला, वनकालीको हुदैं दक्षिण मार्ग,र जेष्ठ नागरिक, विदेशी भक्तालु एवं उच्च ओहदाका व्यक्तित्वहरुलाई पूर्व मार्गको ब्यवस्था गरिएको उनले जानकारी दिए ।

यस वर्ष नेपाल, भारत सहित श्रीलंका, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशबाट करिब १२ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x