Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता लिने समय थप

निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता लिने समय थप

काठमाडौं, २६ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा ३ महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बिहान बसेको बैठकले निजी आवास पुनर्निर्माणका लागि दोश्रो किस्ता लिने समयावधी चैत्र महिनासम्म बढाउने निर्णय गरेको हो ।

यसअघि तोकिएको समय गत पुष मसान्तमा सकिएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले भूकम्पको पूर्व आंकलन गर्न नसकिने भएकाले यसबाट बच्न पूर्व सचेतना बढाउन जरुरी रहेको उल्लेख गरेका थिए ।

त्यस्तै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्प पीडितका लागि पछिल्लो समय थप गरिएको एक लाख रुपैयाँको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको भन्दै बिश्व बैंकले ४० अर्ब रुपैया दिने सहमति भइसकेको जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x