ललितपुरका १० उद्योगलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको पत्र

काठमाडौं, २६ माघ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले ललितपुरका १० उद्योगलाई तौलने यन्त्रको प्रयोग नियमति नगरेको भन्दै तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ । कार्यालयले आज नेपलिज हेण्डिक्राफ्ट, केबी पेट, विजु प्लास्टिक उद्योग प्राली, बैकुण्ठ कलात्मक काष्ठ उद्योग, स्ट्रक्चर नेपाल प्रालि, ताम्राकार युटेन्सिल उद्योग, सुपर क्वालिटी प्लास्टिक उद्योग, पूर्ण उड कार्भिङ्ग, विरा फर्निचर र उड कार्भिङ्ग उद्योगलाई उपस्थित हुन पत्र काटेको छ ।

कार्यालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेको कार्यालयको पत्रमा उल्लेख छ। पत्रमा उपस्थित नहुनुको कारणसहित खुलाउन समेत अनुरोध गरिएको छ । (रासस)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *