Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शेयर बजारको सकारात्मक यात्रा, १ अर्ब १६ करोडभन्दा माथिको कारोबार

शेयर बजारको सकारात्मक यात्रा, १ अर्ब १६ करोडभन्दा माथिको कारोबार

काठमाडौं, ३१ असार । बुधबार (आज) शेयर कारोबारमा उत्साह छाएको छ । आर्थिक वर्ष २०७६/७७ को अन्तिम शेयर कारोबार दिन बजारमा उत्साह छाएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.९० अंकले बढेर १३६२.३४ विन्दुमा रोकिएको छ । हिजोको तुलनामा परिसूचक १.११ प्रतिशतले बढेको हो ।

लकडाउन पश्चात बजार खुलेयता सर्वाधिक शेयर कारोबार आज भएको हो । बैंकमा अधिक तरलता भएकोले शेयरमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् । आज १८९ कम्पनीको ३२ लाख १२ हजार ९२४ कित्ता शेयर १ अर्ब १६ करोड ४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । यो रकम हिजोको तुलनामा १७ करोड बढी हो । हिजो ९९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज सर्वाधिक कमाउनेमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यो कम्पनीको प्रतिशेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि भई ५३२ रुपैयाँ कायम भएको छ । त्यस्तै गुमाउनेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् । यो कम्पनीको प्रतिशेयर मूल्य ५.४५ प्रतिशत घटेर ८१५ रुपैयाँ कायम भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ४ वटा समूहको परिसूचकमा कमी आएको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । होटल समूहको ३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.९५ प्रतिशत, लघुवित्त समूहको ०.४ प्रतिशत र जीवन बीमा समूहको ०.५३ प्रतिशतले परिसूचकमा कमी आएको हो । आज सर्वाधिक परिसूचक वृद्धि बैंकिङ्ग समूहको २.१६ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x