Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यौनेच्छा किन हुन्छ रु

यौनेच्छा किन हुन्छ रु

( डा। राजेन्द्र भद्रा

पुस २०७३(

प्रश्न स् म २२ वर्षको भएँ । अहिलेसम्म मैले यौनसम्पर्क गरेको छैन । कहिलेकाहीं बाहिर यौनसम्पर्क राखूजस्तो पनि लाग्छ, तर यौनरोग सर्ला कि भन्ने डर लाग्छ । त्यही भएर अहिलेसम्म बाहिर यौनसम्पर्कको चाहना पूरा गर्न मैले हस्तमैथुन गर्ने गरेको छु । म दैनिकुजसो हस्तमैथुन गर्ने गर्छु । यसले कतै भविष्यमा कुनै समस्या त ल्याउँदैन रु

( ६६९८

यौनेच्छा किन हुन्छ रु

यौन मानवजीवनको अभिन्न अङ्ग हो । प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यासजस्तै यौन पनि मानव जीवनका लागि अत्यावश्यक कुरा हो । यो प्रकृतिले नै दिएको कुरा हो । सामान्य भाषामा यौनसम्पर्क राख्ने वा यौनतनाव शान्त पार्ने इच्छालाई नै यौनेच्छा भन्न सकिन्छ । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् ।

एक त इन्डोक्राइन सिस्टमअन्तर्गतका रागरसहरूले यौनेच्छा सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायु प्रणाली पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । यौनेच्छा जाग्ने वा त्यसको व्यग्रतामा एन्ड्रोजन ९टेस्टस्टेरोन० रागरसको महत्त्वपूर्ण भूमिका हुन्छ । अर्कातिर यौन सन्देशहरू मस्तिष्कसम्म पुर्‍याउन इन्द्रियहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् र मस्तिष्कले नै त्यसलाई अथ्र्याउँछ । यौन परिकल्पनामा पनि मस्तिष्ककै हात हुन्छ । यौनेच्छा अनि यौनक्रियामा मस्तिष्कले महत्वपूर्ण भूमिका खेल्ने भएकाले मस्तिष्कलाई सबैभन्दा ठूलो यौनअङ्ग पनि भनिन्छ ।

बाहिर यौनसम्पर्क राख्ने कुरा
यौनेच्छा तीव्र भए पनि विवाहको उमेर अहिलेको आधुनिक समाजमा धकेलिँदै गएको छ, सजिलै यौनेच्छा शान्त पार्न हस्तमैथुनको सहयोग लिनु मनासिवै कुरा हो । किशोरावस्था अनि युवाअवस्थामा हुने असिम यौनचाहना शान्त पार्न कतिपयले यौनसम्पर्क गगर्छन् , तर तपाईंले त्यसो गर्ने चाहना भए पनि यौनसम्पर्क नराखेको कुरा गर्नुभएको छ । यौनरोग लाग्ला कि भनेर बाहिर यौनसम्पर्क नराख्ने सोचका बारेमा कुरा गर्नुभएको छ, यो राम्रो कुरा हो ।

आत्मीय सम्बन्ध बिना यौनसम्पर्क राख्नुका अनेक समस्या हुन्छन् । यौनरोगबाहेक तपाईंको यौनजोडीको गर्भ रहन गए वा अन्य समस्या भएर विवाह नै गर्नुपर्ने स्थिति आउने जस्ता समस्यामा पर्न सकिन्छ । पैसा र समयको खर्चको त कुरै नगरौं । अध्ययन वा वृत्तिविकासका लागि समय बिताउनुपर्ने अहिलेको बेला अनावश्यक रूपमा समस्यामा फस्दा जीवनको बाटो नै अर्कैतिर मोडिन्छ ।

हस्तमैथुनले के असर गर्ला रु
हस्तमैथुन, यौनआनन्द प्राप्त गर्ने वैकल्पिक उपाय हो । समाजमा व्यापक रूपमा रहे पनि यसले सामाजिक मान्यता भने पाएको छैन । यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । त्यसैले हस्तमैथुनले हानि गर्छ कि भन्ने चिन्ताले धेरैलाई पिरोलेको हुन्छ, किनभने समाजमा धेरै मित्थ्या धारणा व्याप्त छन् ।

हस्तमैथुन गरे मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुने, लिङ्ग बाङ्गो हुने भन्ने जस्ता अनेकौं भ्रम व्याप्त छन् । वास्तवमा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी कुनै हानि–नोक्सानी गर्दैन । किन भनेर यसको वैज्ञानिक आधार पनि हेरौं ।

तपाईंलाई थाहै होला, यौनआनन्द प्राप्त गर्ने उपायहरूमध्ये यौनअङ्गको घर्षण प्रमुख हो । यौनसम्पर्क गर्दा दुई व्यक्तिका यौनाङ्ग एक–आपसमा घर्षण गराइन्छ । मानिसले आफ्नो यौनाङ्गको घर्षण अरू कसैको यौनाङ्गमा गराए मात्र यौनआनन्द प्राप्त गर्ने होइन । हस्तमैथुन एउटा यस्तो उपाय हो जसबाट यौनसम्पर्कबाहेक अन्य तरिकाबाटै आफ्नो यौनाङ्गको घर्षण गराएर यौनआनन्द तथा यौन चरमसुख पनि प्राप्त गर्न सकिन्छ । सिद्वान्ततस् यौनसम्पर्क तथा हस्तमैथुन गर्दा यौनाङ्गको घर्षणबाट यौनआनन्द प्राप्त गर्ने प्रक्रिया तथा मानव यौन प्रतिक्रिया चक्र उस्तै हो । त्यसैले यौनसम्पर्क गर्दा हानि हुन्छ र हस्तमैथुन गर्दा हानि हुँदैन भन्न मिल्दैन ।

सामान्यतस् हस्तमैथुन आफैंले खराबी नगरे पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराएको हुन्छ । त्यसैले मनबाट नकारात्मक धारणा निकाल्न सक्नुपर्छ ।

हस्तमैथुनका फाइदा के होलान् रु
हामीले हस्तमैथुन गर्ने नै यौनसन्तुष्टिका लागि हो । सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । भनिन्छ, तनावबाट मुक्त मानिसहरू बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छन् अनि यौनको दृष्टिकोणबाट पनि तनावमुक्त हुनुको आफ्नै भूमिका हुने नै भयो। विवाहपूर्व यौनेच्छा शान्त पार्न कतिपयले देहव्यापारीसँग यौनसम्पर्क गर्छन् । त्यसो नभए पनि अन्य केटी वा केटा यौनसाथीसँग यौनसम्पर्क राखिन्छ । यस्ता क्रियाकलापमा समय र पैसा दुवै खर्च हुन्छ ।

समाजका अन्य व्यक्तिहरूले थाहा पाउँदा बेइज्जतिको सामना गर्नुपर्ने हुन्छ । अर्कातिर आत्मग्लानि हुने स्थिति त छँदैछ । फेरि यस्ता यौनसम्पर्कवाट एचआईभी वा यौनरोग सर्ने सम्भावना पनि त्यतिकै हुन्छ । हस्तमैथुन गर्दा यस्तो समय र पैसा खर्च नहुने मात्र होइन, यौन रोगहरूबाट पनि जोगिन सकिन्छ । केटा वा केटीको यौनसम्पर्कमा गर्भधारणको सम्भावना हुन्छ नै, यस्तो गर्भधारण अनिच्छित भए त्यसका थप असर हुन्छन् । हस्तमैथुनले यस्ता समस्याबाट पनि जोगाउँछ ।
यौनआनन्द प्राप्त गर्न सहयोग गर्ने भएकाले यसलाई तनाव तथा निराशा कम गर्छ । यहाँ भन्नुपर्दैन होला कि यसले मनस्थितिलाई राम्रो अवस्थामा राख्छ । हस्तमैथुनले यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले यौनअपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x