Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कश्मीरमा बन्दुकधारीको आक्रमणबाट तिनको मृत्यू

कश्मीरमा बन्दुकधारीको आक्रमणबाट तिनको मृत्यू

एजेन्सी, पुस । भारत प्रशासित कश्मीरको अखनुर जिल्लामा बन्दुकधारीको आक्रमणबाट तीन जना सैनिकको मृत्यु भएको छ । बटाला भन्ने स्थानमा सेनाको जनरल इन्जिनियरिङ टोलीमाथि गोली प्रहार भएको थियो । आक्रमणपछि बन्दुकधारी भाग्न सफल भएका छन् ।

यो चरमपन्थी आक्रमणमा भएको अनुमान गरिएको छ तर सेनाले आधिकारिक रुपमा केही बताएको छैन । सेनाले पूरै इलाकालाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेको छ । आक्रमणकारीलाई पक्रने उद्देश्यले सघन अपरेशन सुरु गरेको बताइएको छ ।
यसअघि सेप्टेम्बर महिनामा उरी भन्ने स्थानमा भएको चरमपन्थी आक्रमणमा १७ सैनिकको मृत्यु भएको थियो । यसैगरी अक्टुर महिनामा दक्षिणी इलाकाको शोपिया भन्ने स्थानमा चरमपन्थी आक्रमण हुँदा तीन जना घाइते भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x