Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विश्‍व बैंकद्वारा अहिलेसम्मकै ठूलो ऋण सहयोग

विश्‍व बैंकद्वारा अहिलेसम्मकै ठूलो ऋण सहयोग

काठमाडौं, २ साउन । नेपाल सरकार र विश्‍व बैंकबीच ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा, अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्‍व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्‍व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।

विश्‍व बैंकले गरेको यो सहयोगले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारलगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्ने बताइएको छ ।

साथै रणनीतिक सडक सञ्‍जाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्ने जानकारी दिएको छ । यो आयोजना नेपाल सरकार र विश्‍व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x