Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

लघुवित्तको ब्याजदरमा लगाइएको ‘क्याप’ ले नयाँ कम्पनी समस्यामा पर्छन् : अध्यक्ष पोखरेल

लघुवित्तको ब्याजदरमा लगाइएको ‘क्याप’ ले नयाँ कम्पनी समस्यामा पर्छन् : अध्यक्ष पोखरेल

काठमाडौं, २ साउन । लघुवित्त संघ, नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्नेगरि मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनीक गरेको मौद्रिक नीति २०७७–०७८ पछि प्रतिक्रिया दिदै अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्याउने गरि मौद्रिक नीति ल्याएको बताए । ‘कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरि मौद्रिक नीति ल्याएको छ, तर, लघुवित्त संघ नेपालको आधारिक प्रतिक्रिया भने नीतिको प्रभावको मूल्यांकन हरेपछि मात्र आउछ ।’ उनले भने ।

त्यस्तै, उनले लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने व्यवस्थाले भने साना तथा नयाँ कम्पनी प्रभावित हुने बताए । ऋणिलाई सहज भएपनि कम्पनीलाई समस्या हुने बताए ।

मौद्रिक नीतिले लुघुवित्त संस्थाको नयाँ लाइसेन्स रोकेको छ । त्यसलाई भने संघले स्वागतयोग्य भनेको छ ।

हाल लघुवित्तको संख्या ८९ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x