Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

१८० दिनको औषत मूल्याङ्कन अवधि घट्यो, लगानीकर्ता भन्छन् : मौद्रिकनीतिले शेयर बजारलाई राहत दियो

१८० दिनको औषत मूल्याङ्कन अवधि घट्यो, लगानीकर्ता भन्छन् : मौद्रिकनीतिले शेयर बजारलाई राहत दियो

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷७८ को मौद्रिकनीति शुक्रबार सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको मौद्रिकनीतिले शेयर बजारलाई राहत दिएको लगानीकर्ताहारुको भनाई छ ।

मौद्रिकनीतिले १८० दिनको औषत मूल्याङ्कन अवधि घटाएर १२० दिन कायम गरेकोमा लगानीकर्ताहरुले यसलाई सकारात्मक रुपमा लिएका छन् । शेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलका अनुसार यो वर्षको मौद्रिकनीतिले शेयर लगानीर्ताहरुको उत्साह बढाएको बताए । ‘हामीले माग गरेका कतिपय कुराहरु मौद्रिकनीतिले समेट्ने प्रयास गरेको छ ।’ उनले भने, ‘१८० दिनको औषत मूल्याङ्कन अविधि घटाएर १२० बनाएको छ । यो सकारात्मक कुरा हो ।’ यस्तो व्यवस्थाले नयाँ लगानीकर्तालाई फाईदा पुग्ने उनको भनाई छ ।

त्यस्तै मौद्रिकनीतिले शेयर धितो कर्जाको सिमालाई पनि बढाएको छ । ‘शेयर धितो कर्जाको सिमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ । मुख्यतः यी दुई वटा कुरा मौद्रिकनीतिले लगानीकर्तालाई दिएको सबैभन्दा ठूलो राहात हो’, फुल्लेलले भने । समग्रमा मौद्रिकनीति सकारात्मक रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x