Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा करीब ७ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा करीब ७ अर्ब राजस्व संकलन

विराटनगर, ३ साउन । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६÷७७ मा करीब रू. ७ अर्ब राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको साउनदेखि असार मसान्तसम्म कुल रू. ६ अर्ब ९५ करोड ७५ लाख ७२ हजार राजस्व संकलन गरेको हो । सो अवधिमा रू. १० अर्ब १२ करोड ५९ लाख २ हजार राजस्व संकलन गर्ने लक्ष्यमा राखिएको थियो । अघिल्लो वर्षको तुलनामा रू. १५ करोड ५४ लाख १६ हजार कम राजस्व संकलन भएको कार्यालय प्रमुख विमल सापकोटाले बताएको राससमा उल्लेख छ ।
आर्थिक वर्ष २०७४÷७५ मा रू. ५ अर्ब २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५÷७६ मा रू. ७ अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो । तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७४÷७५ को भन्दा रू. १ अर्ब ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व संकलन भएको छ भने आर्थिक वर्ष २०७५र७६ को हिसाबले हेर्दा रू. १५ करोड ५४ लाख १६ हजारले कम राजस्व सङ्कलन भएको देखिएको छ ।
आर्थिक वर्ष २०७६र७६ मा सङ्कलित राजस्वमा आयकर रू. २ अर्ब ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर रू. १ अर्ब ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क रू. २ अर्ब ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर रू. ६१ हजार र शिक्षा कर रू. १० लाख ६९ हजार छन् । आयकरतर्फ गत वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति भएको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भए पनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x