Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कर्णाली प्रदेशको कुल बजेट खर्च ४७ प्रतिशत

कर्णाली प्रदेशको कुल बजेट खर्च ४७ प्रतिशत

कर्णाली, ३ साउन । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷७७ मा रू. १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ, जुन कुल बजेटको ४७ दशमलव ६३ प्रतिशत मात्र हो । प्रदेश सरकारले रू. ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पूँजीगततर्फ रू. ९ अर्ब १२ करोड ७२ लाख तथा चालूतर्फ रू. ७ अर्ब २४ करोड २० लाख खर्च गरेको छ । पूँजीगततर्फ रू. २१ अर्ब २९ करोड ३७ लाख र चालूतर्फ रू. १३ अर्ब ५ करोड ९६ लाख बजेट विनियोजन गरिएको थियो । मन्त्रालयका उपसचिव दिलीप केसीले गत आर्थिक वर्ष २०७६÷७७ मा पूँजीगततर्फ ४२.८ प्रतिशत र चालूतर्फ ५५.४५ प्रतिशत तथा औसतमा ४७.६५ प्रतिशत बजेट खर्च भएको जानकारी दिएको राससमा उल्लेख छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७७.२६ प्रतिशत अथार्त् रू. २ अर्ब ६५ करोड ३८ लाख खर्च गरेको छ । यस मन्त्रालयका लागि रू. ३ अर्ब ४३ करोड ५ लाख विनियोजन गरिएको थियो । सामाजिक विकास मन्त्रालयका लागि रु. चार अर्ब ७० करोड ७२ लाख ६९ हजार विनियोजित बजेटमध्ये रू. २ अर्ब ७९ करोड ९४ लाख खर्च गरेको छ ।
त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रू. १ अर्ब ४७ करोड ३० लाख खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजित रू. १० अर्ब ७० करोड ४८ लाख २३ हजारमध्ये ४ अर्ब ६८ करोड ५० लाख खर्च गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले रू. ४२ करोड ७९ लाख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रू. १ अर्ब २२ करोड २३ लाख ७२ हजार ९४ खर्च गरेका छन् ।
कर्णाली प्रदेशसभा सचिवालयले रू. १० करोड ७० लाख, मुख्य न्यायाधिवक्ताको कार्यालयले रू. ९३ लाख ९७ हजार, प्रदेश योजना आयोगले रू. १ करोड ४३ लाख बजेट खर्च गरेका आर्थिक मामिला तथा योजना मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x