Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कर समायोजन नहुँदा अलैंची निर्यातमा समस्या, सहज वातावरण बनाउन व्यवसायीको माग

कर समायोजन नहुँदा अलैंची निर्यातमा समस्या, सहज वातावरण बनाउन व्यवसायीको माग

झापा, ४ साउन । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नुपरेपछि अलैंची व्यवसायी समस्यामा परेका छन् । नेपाली बजारमा अहिले अलैंची प्रतिमन रू. २० हजारमा कारोबार भइरहेको छ । तर भारतले अलैंचीमा प्रतिकेजी रू. ८०० (भारू. ५००) निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैंची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैंचीमा भारतले भारू ५०० प्रतिकिलो भन्सारदर कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताएको राससमा उल्लेख छ ।
सरकारले बजार भाउअनुसार भन्सार शुल्क समायोजन गर्न पहल गर्नुपर्नेमा उनले जोड दिए । नेपाली अलैँची बङ्गलादेश निर्यात गर्दा बङ्गलादेशले ३५ प्रतिशत निकासी कर लिने गरेको उनको भनाइ छ । तर भुटानबाट बङ्गलादेश निर्यात हुने अलैँचीमा भन्सार शुल्क लाग्दैन । बङ्गलादेशमा अलैँची निकासीका लागि भन्सार छुट र सहज निर्यातको वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् ।
नेपाली कृषि उत्पादन निर्यातको वातावरण सहज बनाइदिन उद्योग वाणिज्य मन्त्रालय ‘डेलिगेसन’ लिएरसमेत गएको उनले बताए । व्यवसायीले नेपाली कृषिजन्य वस्तु निकासीमा देखिएका समस्याका बारेमा मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई अवगत गराएका छन् ।
नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल हर्बल एशोसिएसनका अध्यक्ष गोविन्द घिमिरे, नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष कार्कीलगायतको टोली डेलिगेसन लिएर जाँदा निकासी समस्या समाधान गर्न पहल गर्ने आश्वासन भने व्यवसायीले पाएका छन् । मन्त्रालयका सचिव अर्यालले मन्त्रालयले परराष्ट्रयलगायतका अन्य निकायसँग छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएको अध्यक्ष कार्कीको भनाइ छ ।
नेपाल अलैँची व्यवसायी महासङ्घ सचिव सुवास भट्टराईले पूर्वीनाका काँकडभिट्टाबाट अहिले अलैँची निर्यात भइरहेको बताए । उनका अनुसार भुटानबाट बङ्गलादेश अलैँची निर्यातमा कर नलाग्ने भएकाले भारतीय व्यवसायीले समेत अलैँची भुटान लगेर त्यहाँबाट निर्यात गर्ने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x