Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दृष्टिविहीनहरुका लागि कामना सेवा विकास बैंकद्वारा “स्वाभिमान बचत खाता” सञ्चालन

दृष्टिविहीनहरुका लागि कामना सेवा विकास बैंकद्वारा “स्वाभिमान बचत खाता” सञ्चालन

काठमाडौं, ४ साउन । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के–के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको छ ।

यो दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा ल्याईएको डिपोजिट प्रोडक्ट नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो भएको बताइएको छ । यो खाता शुन्य मौज्दातमा खोल्न सकिने छ । हाललाई ज्ञानेश्वर स्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था गरिएको छ । बैंक सञ्चालक विश्वेश्वर सुवेदीले यो खाताको शुभारम्भ गरे ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँहरुमा १ सय २४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकलाई सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x