Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अन्तर–बैंक एटीएम सेवा निःशुल्क गर्न राष्ट्र बैंकको निर्देशन

अन्तर–बैंक एटीएम सेवा निःशुल्क गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ५ साउन । चालू आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिले व्यवस्था गरेसँगै अन्तर–बैंक एटीएम सेवा निःशुल्क गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । सेवाग्राहीले एटीएम प्रयोग गरी जुन कुनै बैंकबाट नगद झिक्दा शुल्क नलिन केन्द्रीय बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आइतवार उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७६ मा उक्त व्यवस्था थपेर यसलाई तत्काल कार्यान्वयन ल्याउन भनिएको छ ।

यो व्यवस्थासँगै अब एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड स्वदेशभित्रै एकअर्को बैंकको एटीएममा प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन । यसअघि चैत ८ गतेदेखि बैंक तथा वित्तीय संस्थाले कोरोना महामारीलाई ध्यानमा राख्दै अन्तर–बैंक एटीएम सेवा निःशुल्क गरेका थिए । लकडाउन खुकुलो भएपछि संयुक्त सूचना जारी गर्दै पुनः शुल्क लाग्ने निर्णय गरिएको थियो ।

यसैगरी राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरू सञ्चालन गर्न नयाँ अनुमति दिने कार्य स्थगित गरेको छ । नयाँ अनुमति बन्द गरिए पनि यसअघि सैद्धान्तिक सहमति प्रदान गरिएकालाई भने सञ्चालनको अनुमति दिइने बताइएको छ । राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरू सञ्चालन गन नयाँ अनुमति दिने कार्य स्थगित गर्ने व्यवस्था गरेकाले यसलाई कार्यान्वयनमा ल्याइएको भुक्तानी प्रणाली विभागको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x