Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अविरल वर्षाले देशभर बाढी र पहिरो : कयौ बस्ती डुबानमा, विभिन्न राजमार्गमा ठूलो क्षति

अविरल वर्षाले देशभर बाढी र पहिरो : कयौ बस्ती डुबानमा, विभिन्न राजमार्गमा ठूलो क्षति

काठमाडौं, ६ साउन । अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकहरुमा ठूलो क्षति पुगेको छ। देशमा विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीले कटान गर्ने क्रम बाक्लिएको छ ।

मौसम विभागले अझै केही दिन वर्षा हुने अनुमान गरेको छ। त्यसले गर्दा अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न सडक विभागले आग्रह गरेको छ । विभागका अनुसार अवरुद्ध राजमार्गहरु खुलाने काम भइरहेको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ। उत्ता, मुग्लिन–नारायणगढ सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध छ । त्यस्तै, अछामको साँफेबगरबाट बाजुराको मार्तडी जाने सडकमा पनि पहिरोले क्षति पुर्‍याएको छ भने सुर्खेत(जुम्ला सडक अवरुद्ध भएको छ। कतिपय स्थानमा पुल बगाएपछि बेली ब्रिज हाल्ने काम पनि विभागले गरिरहेको छ।
विभिन्न ठाउँमा पहिरो जाँदा प्रदेश ५ मा सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्ग पनि अवरुद्ध छ ।

सप्तकोसीको पानीले खतराको तह पार गर्‍यो
सप्तकोसी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x