Shangrila

सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला सुन रू. ९२ हजार ७०० पुग्यो

काठमाडौं, ६ साउन । सोमवार अघिल्लो दिनको तुलनामा २ सय घटेर कारोबार भएको सुनको मूल्य मंगलवार भने पुनः उकालो लागेको छ । यस दिन सोमवारको तुलनामा रू. ४ सय बढेर छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै मंगलवार तेजाबी सुनको मूल्य पनि सोमवारको तुलनामा ३९५ रुपैयाँ बढेर आज ९२ हजार २६० पुगेको छ । यस दिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य रू. १ हजार रहेकोमा आज १ हजार ४० पुगेको महासंघले उल्लेख गरेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *